Modern technology gives us many things.

वीरगंज नाकाबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात, सबैभन्दा धेरै भटमासको तेल

मङ्सिर ११ वीरगंज :वीरगंज नाका हुँदै चालू आर्थिक वर्षको प्रथम चार महिनामा रु. ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन्। यो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि हो। गत वर्षको सोही अवधिमा रु. १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए।

वीरगंज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार निर्यात भएका प्रमुख उत्पादनहरूमा भटमासको तेल (रु. १७ अर्ब ३२ करोड) र फलफूलको जुस (रु. २ अर्ब ६० करोड) रहेका छन्।

Leave A Reply

Your email address will not be published.