Modern technology gives us many things.

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमण सकेर शुक्रबार अबेर राति स्वदेश फर्किए

मङ्सिर २० एजेन्सी :रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमण सकेर शुक्रबार अबेर राति स्वदेश फर्किएका छन्। मन्त्रीहरूको टोलीसहित बिहीबार साँझ दिल्ली आइपुगेका पुटिन २७ घण्टा भारत बसाइपछि रुस फर्किएका हुन्। उनले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरे र व्यापारिक मञ्चलाई सम्बोधन गरे। यस भ्रमणका क्रममा भारत र रुसबीच कुनै पनि प्रमुख सम्झौता भएन। यसअघि दुई देशबीच एसयू(५७ लडाकु विमान र एस(४०० रक्षा प्रणालीमा सम्झौता हुने दाबी गरिएको थियो।

यद्यपि दुई देशबीच तेल आपूर्तिसहित १९ सम्झौतामा सहमति भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। राष्ट्रपति पुटिन शुक्रबार राति करिब १० बजे रुस फर्किएका हुन्। जानुअघि उनी भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए।

Leave A Reply

Your email address will not be published.