Modern technology gives us many things.

सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना रोक्न तथा पत्रकारलाई पेशाप्रति थप जिम्मेवार बनाउन नेपाल पत्रकार महासंघको जनकपुरमा प्रशिक्षक प्रशिक्षण तालिम 

मंसिर २८, जनकपुर। सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना रोक्न तथा पत्रकारलाई पेशाप्रति थप जिम्मेवार बनाउन नेपाल पत्रकार महासंघले गत विहीवार मधेश प्रदेशको जनकपुरधाममा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ ।

पछिल्लो समयमा सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघकाे सहयाेगमा नेपाल पत्रकार महासंघले “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम मधेश प्रदेशका ८ वटै जिल्लाका पत्रकारलाई प्रदान गरेको हो ।

सञ्चारमाध्यमको विश्वसनीयता कायम राख्न र पत्रकारलाई सामाजिक सञ्जाल प्रयोगमा जिम्मेवार बताउन तालिमको आयोजना गरिएको महासंघकी अध्यक्ष निर्मला शर्माले बताउनुभयाे ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको संयोजन र जिल्ला शाखा धनुषाको समन्वयमा प्रशिक्षण कार्यक्रम सफल गरिएको प्रदेश अध्यक्ष श्याम बन्जाराले बताउनुभयाे ।

समाचारको निष्पक्षता र विश्वसनीयताका लागि पत्रकारहरुले जिम्मेवारपूर्वक पत्रकार आचारसंहिता पालना गर्नुपर्ने बताउँदै नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाल , कोषाध्यक्ष रामकृष्ण अधिकारी, सचिव अशोक तिवारी सदस्य ललिता साह लगायतले प्रशिक्षक प्रशिक्षणको सहजीकरण गर्नुभएकाे थियाे।

प्रशिक्षकहरुले यो प्रशिक्षण पश्चात महासंघको देशैभरी रहेका आफ्ना शाखामार्फत समेत पत्रकारहरुलाई जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग गर्ने बारेमा अभिमुखीकरण प्रदान गर्न सुझाएका छन् ।

तालिममा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति सदस्य, मधेश प्रदेशका अध्यक्ष पदाधिकारी तथा सप्तरी, सिराहा ,महोत्तरी, धनुषा , बारा, पर्सा, सर्लाही र रौतहटका जिल्ला अध्यक्षहरुको अलावा मधेशमा लामो समयदेखि सञ्चारमाध्यमहरूमा काम गर्दै आएका पत्रकारहरुको सहभागीता रहेको थियाे ।

Leave A Reply

Your email address will not be published.