Modern technology gives us many things.

क्यालिफोर्नियामा भारी वर्षा र बाढी: तीन जनाको मृत्यु, आपतकाल घोषणा

पौष ११, एजेन्सी : अमेरिकाको क्यालिफोर्निया राज्यमा निरन्तर परेको भारी वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण क्रिसमसको रातिसम्म कम्तीमा तीन जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार राज्यका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा हुँदा बाढी र पहिरोको जोखिम बढेको छ। मौसम विभागले यसअघि नै आँधी र वर्षाको सिलसिला शुक्रबारसम्म जारी रहने अनुमान गरेको थियो।
लस एन्जलस काउन्टीका केही स्थानमा २७ सेन्टिमिटरसम्म वर्षा मापन गरिएको छ। जोखिम बढेपछि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ भने मुख्य सडकहरू बन्द गरिएका छन्।
बाढी र डुबानको अवस्थासँग जुध्न आपतकालीन उद्धार टोली परिचालन गरिएको छ। बाढीको पानीमा फसेका गाडीभित्र रहेका मानिसहरूको समेत उद्धार गरिएको जनाइएको छ।
स्थिति थप जटिल बन्दै गएपछि क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजोमले बुधबार लस एन्जलस र दक्षिणी क्यालिफोर्नियाका अन्य काउन्टीहरूमा आपतकाल (इमर्जेन्सी) घोषणा गरेका छन्।
हाल क्यालिफोर्नियाका करिब एक लाख मानिस विद्युत् सेवाबाट बञ्चित भएका छन्। अधिकारीहरूले अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.