Modern technology gives us many things.

बारा क्षेत्र नं. २ रास्वपाबाट मो. जुनैद आलमको नाम सिफारिस

बारा,पौष १२ शनिबार

बारा क्षेत्र:-२प्रतिनिधि सभामा मो. जुनैद आलम ले घन्टी छापमा उम्मेदवारी दिने चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन्।

उनले “देश जोगाउन नयाँ नेपाल निर्माणका लागि नयाँ युवाहरूको चाहना” भन्ने मूल नाराका साथ जनतामाझ जाने बताएका छन्।

उम्मेदवार आलमले वर्तमान राजनीतिक अवस्था र देशको भविष्य निर्माणमा युवाको निर्णायक भूमिका रहेको उल्लेख गर्दै “अहिलेको चाहना युवा लाई मतदान” भन्ने सन्देशलाई चुनावी अभियानको क्षेत्रमा राखदै आएका छन्। उनका अनुसार पुराना सोच, निराशा र अवसरको अभावका कारण युवाहरू राजनीतिबाट टाढा हुँदै गएका छन्, तर अब नयाँ सोच र नयाँ नेतृत्व आवश्यक भएको समय आएको छ।

यस निर्वाचनमा उनले आफूलाई “भूमि पुत्र क्षेत्रको चाहना” को रूपमा प्रस्तुत गर्दै बारा–२ का स्थानीय समस्या, विकासको आवश्यकता र जनताको भावना आफूले नजिकबाट बुझेको दाबी गरेका छन्।

शिक्षा, रोजगारी, स्वास्थ्य, कृषि र सुशासनलाई प्राथमिक एजेन्डा बनाउँदै उनले युवालाई नेतृत्वमा ल्याएर क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय मतदाताहरूबीच नयाँ अनुहार र युवा उम्मेदवार प्रति चासो बढ्दै गएको देखिन्छ।

आलमले घरदैलो अभियान, युवासँग संवाद र जनसभा मार्फत मतदातासँग प्रत्यक्ष सम्पर्क बढाइरहेका छन्।

आगामी निर्वाचनमा घन्टी छापमार्फत परिवर्तन र नयाँ नेपाल निर्माणको सन्देश लिएर मैदानमा उत्रिएका आलमले जनताको विश्वास जित्न सक्ने कि नसक्ने विषयलाई सबैले चासोका साथ हेरिरहेका छन्।

Leave A Reply

Your email address will not be published.