Modern technology gives us many things.

बहुविवाह मुद्दामा फरार महिला प्रतिवादी पक्राउ

बहुविवाह मुद्दामा कैद तथा जरिवानाको फैसला भएपछि फरार रहेकी एक महिला प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले कवितादेवी सरदारलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार कञ्चनरुप नगरपालिका वडा नं ५ पथरी टोल निवासी सरदार अदालतको फैसला पश्चात फरार रहेकी थिइन्। सप्तरी जिल्ला अदालतले उनलाई बहुविवाह मुद्दामा दोषी ठहर गर्दै एक वर्ष पाँच महिना १६ दिन कैद तथा १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
पक्राउ परेकी सरदारलाई सोमबार सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। कार्यालयका अनुसार फरार प्रतिवादीहरूको खोजतलास तथा अदालतको फैसला कार्यान्वयनलाई निरन्तरता दिइँदै आएको छ।

Leave A Reply

Your email address will not be published.