Modern technology gives us many things.

रौतहटमा कानु हलुवाई जागरण सभा आयोजना हुने

रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगरस्थित श्री कानु समाज कल्याण समितिको आयोजनामा कानु हलुवाई जागरण सभा आयोजना हुने भएको छ। मौलापुर नगरपालिकाले मौलापुर बजारमा रहेको मंचमा उक्त सभा गर्न अनुमति दिएको हो।
समितिले माघ ३ गते जागरण सभा आयोजना गर्न अनुमति माग गरेअनुसार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल साहको हस्ताक्षरमा कार्यक्रम सञ्चालनको स्वीकृति प्रदान गरिएको जनाइएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम नगरपालिकाले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कार्यक्रम सञ्चालन गर्न पाउने गरी अनुमति दिएको छ। साथै, कार्यक्रम स्थल वरपर सार्वजनिक सम्पत्तिमा क्षति पुगेमा आयोजक जिम्मेवार हुने, वातावरणप्रति संवेदनशील रहनुपर्ने, ध्वनी प्रदूषण तथा भिडभाड नियन्त्रण गर्नुपर्ने, कसैको धर्म–आस्थामा आच पुग्ने गतिविधि गर्न नपाइने, गैरकानुनी क्रियाकलाप भए आयोजक स्वयं जिम्मेवार हुने तथा कार्यक्रम सम्पन्नपछि कार्यक्रम स्थलको सरसफाइ आयोजकले गर्नुपर्ने लगायतका शर्तहरू तोकिएका छन्।
कार्यक्रम सहसंयोजक तथा कानु हलुवाई समाज महासंघका महासचिव सुरेश प्रसाद कानुका अनुसार नेपालसहित मित्र राष्ट्र भारतको बिहारबाट हजारौँ कानु हलुवाई समुदायका अतिथिहरूलाई जागरण सभामा निमन्त्रणा गरिएको छ।
कानु हलुवाई समाजको बहुल्यता रहेको मौलापुर क्षेत्रमा सुरेश प्रसाद कानुले आफ्नो निजी लगानीमा कयौँ किलोमिटर सडक तथा नाला निर्माण गर्नुका साथै गरिब तथा असहायको शिक्षा, स्वास्थ्य, विवाहलगायत सामाजिक कार्यमा निरन्तर निःस्वार्थ सहयोग गर्दै आएका छन्।

Leave A Reply

Your email address will not be published.