Modern technology gives us many things.

अत्याधिक चिसोले बाराको जनजिवन पिडादायी बन्दै

कलैया : बिगत केही दुई हप्तादेखि बढेको चिसोले बाराको जनजिवन पिडादायी बन्दै गएको छ । अत्याधिक चिसोले जिल्लाको कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, महागढीमाई नगरपालिकाको जनजिवन कष्टकर बनेको हो ।

चिसोले जिल्लाको करैयामाई गाउँपालिका, बारागढी गाउँपालिका, आर्दशकोतवाल गाउँपालिका, देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका, फेटा गाउँपालिका, बिश्रामपुर गाउँपालिका, प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकाको जनजिवन थप कष्टकर बनेको छ ।

चिसो बढेपछि कलैयास्थित सरकारी कार्यालयमा समेत सेवाग्राहीको उपस्थिती न्युन भएको छ भने जिल्लाका अति ब्यस्त सडकहरुमा समेत चहल पहल घटेको छ । चिसोबाट बचनका लागी मानिसहरु मोटो कपडा लगाउन थालेका छन। चिसो बढेपछि बाराको सदरमुकाम कलैयामा रहेका रेडिमेड पसलहरुमा मोटो कपडाहरुको बिक्री बढेको ब्यवसायीहरुले बताएका छन । मोटो कपडामा उनी सुईटर ,मोफलर ,टोपी ,ज्याकेट लगायतको बिक्री बढेको छ ।

दिनभरी पछया हावा चल्न थालेपछि दिनदिनै चिसो बढदै गएको छ । चिसो बाट जोगिन मानिसहरु आगोको सहारा लिन थालेका छन । चिसोका कारण सबभन्दा बढी बाल बालिका र बृद्धबृद्धालाई समस्या भएको छ ।

चिसोले बाल बालिका तथा बृद्धृबद्धामा रुखाखोकी ,ज्वारो , कोलडायरीया लगायतका रोगहरु देखिएको कलैया अस्पतालले जनाएको छ । चिसो बढेपछि पशु पालक कृषकहरुलाई घास ल्याउन समस्या भएको छ । भने चिसोले पशु पक्षी लगायतकालाई समेत समस्या भएको छ ।

Leave A Reply

Your email address will not be published.