स्वतन्त्रको राजनीति
३ महिना अगाडिसम्म जसले गाडी चलाउन ब्रेकै चाहिँदैन, इन्धन वा ब्याट्री पनि चाहिँदैन भनेर ठूलो आस्थाका साथ उपदेश दिइरहेका थिए, त्यस्तो ड्राइभरले चलाएको गाडी चढेर मुक्तिनाथ जानु सुरक्षित हुन्छ त?
राजनीतिमा पनि यही प्रश्न लागू हुन्छ—भावना र फूर्तीले होइन, संरचना, नियम र यथार्थले गन्तव्य सुरक्षित बनाउँछ।
३ महिना अघिसम्म ‘स्वतन्त्र’ को नारा लगाएर सबै कुरा बेकार भन्दै हिँड्नेहरू आज त्यही पार्टीको ढोका ढकढक्याइरहेका छन्। पार्टी चाहिँदैन, संसद चाहिँदैन, प्रदेश चाहिँदैन, संविधान चाहिँदैन, संघीयता र पहिचान त झन् नचाहिने भन्दै उफ्रिएका पात्रहरू आज शक्ति र सत्ताको गणित अगाडि घुँडा टेकेका छन्। प्रश्न उठ्छ—जसले ३ महिना अगाडिको आफ्नो बाटो समेत अनुमान गर्न सकेन, उसले देशको भविष्य कसरी देख्छ?
दूरदृष्टि भनेको क्षणिक आवेग होइन। भिजन भनेको फेसबुक स्टाटस होइन। देश चलाउने कुरा भनेको प्रयोगशालामा परीक्षण गर्ने प्रयोग होइन। सरकार बनेको ३ महिनामै देशलाई कुन खाल्डोमा हालिन्छ भन्ने जोखिम देख्न नसक्नेहरूलाई ‘नयाँ’ मात्र भनेर विश्वास गरिनु आफैंमा खतरनाक हुन्छ।
अर्कोतिर, दुई–चार दिनमै नयाँ पार्टी खोल्ने, कहिले यता मिल्ने, कहिले उता ढल्किने डामाडोल प्रवृत्तिहरू पनि कम छैनन्। जसको आफ्नै दुई दिनको राजनीतिक ठेगान छैन, उसले जनताको दीर्घकालीन भविष्यको ठेक्का लिन्छु भन्नु हास्यास्पद मात्र होइन, चिन्ताजनक पनि हो।
झन् कथित स्वतन्त्र भनिने केही युवाहरूको हालत त झन् विडम्बनापूर्ण छ। माथि गुरुजीहरू लख्रक्क परेर पार्टीको सपथ ग्रहण गरिरहेका छन्, तल चेलाहरू आगो बालेर “म कुनै पार्टीको सदस्य बन्ने छैन” भनेर कसम खाइरहेका छन्। आदर्श र यथार्थबीचको यो विरोधाभासले स्वतन्त्रताको राजनीति होइन, भ्रमको राजनीति उजागर गर्छ।
यो लेख कसैलाई होच्याउनका लागि होइन। यो त आफ्नै वरिपरिका, आफ्नै पार्टीबाट ‘म त स्वतन्त्र हुँ’ भन्दै भट्किएका केही आत्माहरूलाई यथार्थको ऐना देखाउने प्रयास मात्र हो। राजनीति स्वतन्त्रताको नाममा दिशाहीन बन्नु हुँदैन। स्वतन्त्र सोच राम्रो हो, तर संरचना, प्रतिबद्धता र उत्तरदायित्वबिनाको स्वतन्त्रता अन्ततः अराजकताको अर्को नाम मात्र