Modern technology gives us many things.

महागढीमाई नगरपालिकाको हिउँदे (पूरक) नगरसभा सम्पन्न

बरियारपुर, बारा : महागढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बरियारपुरमा आयोजित हिउँदे (पूरक) नगरसभा सफलतापूर्वक सम्पन्न भएको छ। नगर प्रमुखको अध्यक्षतामा सम्पन्न उक्त नगरसभामा नगरपालिकाको चालु आर्थिक वर्षसँग सम्बन्धित विभिन्न महत्वपूर्ण प्रस्ताव र प्रस्तावित बजेट परिमार्जन तथा विकास योजनाहरू परिमार्जन भएको थियो।
नगरसभामा उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू तथा सम्बन्धित शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो। सभामा विशेषगरी पूरक बजेट, चालु योजनाको प्रगति समीक्षा, आवश्यक संशोधन तथा आगामी दिनमा कार्यान्वयन गरिने प्राथमिकताका कार्यक्रमहरूबारे  प्रस्तुती र निर्णय गरिएको जनाइएको छ।
नगर प्रमुख उपेन्द्र यादवले नगरसभालाई सम्बोधन गर्दै नगर विकासलाई तीव्रता दिन सहकार्य र पारदर्शितामा जोड दिनुभयो। उहाँले जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगरसभाबाट पारित निर्णयहरूले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने र स्थानीय विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ प्रसाद जयसवालले व्यक्त गरेको थियो ।

Leave A Reply

Your email address will not be published.