Modern technology gives us many things.

देवताल गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर हुने

बारा — देवताल गाउँपालिका–५ स्थित पिप्राढी पूर्व टोलमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिने भएको छ। स्थानीय युवाहरूको आयोजनामा तथा माटिका आई फाउन्डेसनको प्राविधिक सहयोगमा उक्त शिविर मिति २०८२ साल पौष २६ गते शनिबार सञ्चालन हुने आयोजकले जनाएको छ।

शिविरमा आँखा सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूको निःशुल्क जाँच गरिने छ भने आवश्यक परेमा मोतियाबिन्दुका बिरामीहरूको शल्यक्रिया वरिष्ठ सर्जनद्वारा गरिने जानकारी दिइएको छ।

“आँखा जचाऔं, दृष्टि बचाऔं” भन्ने नारा सहित आयोजना हुने शिविरबाट स्थानीय सर्व साधारण विशेष गरी आर्थिक रूपमा कमजोर वर्ग लाभान्वित हुने अपेक्षा गरिएको छ।

शिविरका समन्वय कर्ता तथा समाजसेवी हरिलाल राय यादव (उर्फ बच्चु बाबा) ले सबै स्थानीय बासिन्दालाई अवसरको सदुपयोग गर्न आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.