Modern technology gives us many things.

विषादी प्रयोग गर्दा सावधानी अपनाउन आवश्यक : विशेषज्ञको चेतावनी

कलैया, बारा :कृषि उत्पादन बढाउने क्रममा विषादीको प्रयोग अनिवार्य जस्तै बनेको छ । तर, सावधानी नअपनाई प्रयोग गर्दा मानव स्वास्थ्य, पशुपन्छी र वातावरणमा गम्भीर असर पर्न सक्ने भएकाले फेटा गाउँपालिकाको कृषि प्राबिधिक सन्जय कुशवाहाले विषादी प्रयोगमा विशेष ध्यान दिनुपर्ने किसानहरुलाई अनुरोध गर्नु भएको छ।
कृषि प्राबिधिक कुश्वाहाले भनेका छन्, विषादी प्रयोग गर्दा सबैभन्दा पहिले लेबल पढेर मात्र प्रयोग गर्नुपर्छ । लेबलमा देखाइने हरियो, निलो, पहेंलो र रातो चिन्हअनुसार विषादीको जोखिम फरक–फरक हुने भएकाले सोहीअनुसार सावधानी अपनाउन जरुरी छ । विषादि बीष हो औषधि होइन्न र साथै, सिफारिस गरिएको मात्रा र तरिका मात्र प्रयोग गर्नुपर्ने फेटा गाउँपालिकाको कृषि प्राबिधिक कुश्वाहाले सुझाव दिएका छन्।
विषादी छर्किदा मास्क, पञ्जा, जुत्ता र लामो बाहु भएको कपडा प्रयोग गर्नु आवश्यक छ । हावा धेरै चलेको, पानी परिरहेको वा घाम अत्यधिक कडा भएको समयमा विषादी नछर्कनु उपयुक्त हुने प्राबिधिक कुश्वाहाको भनाइ छ ।
विषादि छर्किदा धूम्रपान वा खानपान नगर्नु र विषादी छाला, आँखा वा मुखमा परेमा तुरुन्तै सफा पानीले धुनु अनिवार्य रहेको बताउनु भएको छ । विषादि प्रयोगपछि खाली बोतल वा प्याकेट पुनः प्रयोग नगरी सुरक्षित रूपमा नष्ट गर्नुपर्ने र विषादी बालबालिका तथा पशुको पहुँचबाट टाढा राख्ने सुझाव दिनु भएको छ ।
त्यसैगरी, विषादी छर्किसकेपछि हात–मुख राम्ररी धुने, नुहाउने र स्प्रे गर्ने उपकरण सफा गर्ने र कसैले विषादी खाएको शंका लागेमा वा असर देखिएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त लैजानु स्वास्थ्यकर्मीहरू सङ उपचार गराउनु पर्छ ।
कृषि प्राविधिक कुश्वाहा अनुसार सुरक्षित तरिकाले विषादी प्रयोग गर्दा कृषकको स्वास्थ्य जोगिनुका साथै वातावरणीय जोखिम पनि कम गर्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.