Modern technology gives us many things.

जसपा नेपाल बारा–३ को क्षेत्रीय अगुवा–कार्यकर्ताको भेला सम्पन्न

कलैया, १७ माघ
 जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवारी दिएका उम्मेदवारहरूलाई निर्वाचित गराउने उद्देश्यले जसपा नेपाल बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय अगुवा तथा कार्यकर्ताको भेला शनिबार कलैयामा सम्पन्न भएको छ।
भेलामा आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवारलाई बिजयी गराउने रणनीति, संगठन सुदृढीकरण तथा घरदैलो अभियानलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी वक्ताहरूले जनतामा छाता छापमा मतदान गर्न प्रेरित गर्नु अहिलेको मुख्य आवश्यकता रहेकोमा जोड दिए।
भेलामा जसपा नेपालले मधेस, किसान, श्रमिक, पिछडिएका वर्ग तथा उत्पीडित समुदायको हक–अधिकारका लागि पुर्‍याएको योगदानबारे जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याइएको थियो। पार्टीको नीति, सिद्धान्त र एजेन्डालाई गाउँ–गाउँसम्म पुर्‍याउन अगुवा तथा कार्यकर्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरिएको छ।
नेताहरूले निर्वाचनमा कुनै पनि किसिमको भ्रम, गलत प्रचार र प्रतिकूल अवस्थाको सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। संगठनलाई थप मजबुत बनाउँदै जनताको विश्वास जित्न सके जसपा नेपालका उम्मेदवारहरू सहजै विजयी हुने विश्वास व्यक्त गरिएको थियो।
भेलाले पार्टीका उम्मेदवारको पक्षमा वातावरण बनाउन र जनतासँग प्रत्यक्ष सम्पर्क बढाउन कार्ययोजना तय गर्दै सम्पन्न भएको छ।
Leave A Reply

Your email address will not be published.