Modern technology gives us many things.

युवा नेता अन्सारीको वडा नं. १४ मा घरदैलो कार्यक्रम सम्पन्न

बीरगंज, १६, कार्तिक
वाम लोकतान्त्रिक गठबन्धबाट पर्सा क्षेत्र नं. १ (क) मा माओवादी केन्द्रका प्रदेश सभासदस्यका उम्मेदवार चर्चित युवा नेता रहबर अन्सारीलाई बीरगंज महानगरपालिका वडा नं. १४ बहुअरी (मुस्लिमटोल) आज घरदैलो कार्यक्रम गरेको छ । नेता अन्सारीको सहयोगमा वाम गठबन्धनका पाँच दलिय झण्डा तथा नेता, कार्यक्रर्ता लगायत वडाका स्थानीय युवा, बुद्धिजीवी, समाजसेवीले घरदैलो गरेका छन्
अन्सारीलाई जिताउनका लागि बहुअरीवासीले हर्षोउल्लासका साथ नारा लगाउदै घर घर पुगि मतदाताहरुलाई आग्रह समेत गरे । बहुअरीका युुवा लगायत मतदाताहरु युवा नेता अन्सारी शिक्षित, इमान्दार, युवा भएकोले यस क्षेत्रका मतदाताहरु अन्सारीलाई जिताउन कम्मर कसेर लागेका छन् ।
अन्सारीले म नेता नभएर यस बहुअरी गाँउ टोलमा जन्मेका तपाईहरुको छोरा नै हुँ र जनताको सेवक भएको बताउदै देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती एवम् बेथितीको अन्त्य गरेर जनतालाई सहज, सरल र चुस्त रुपमा सेवा प्रवाह गराउनुका साथै विकास एवम् परिवर्तनको प्रत्याभुती दिलाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
गठबन्धनका नेता, कार्यक्रता लगायत गाँउ टोलका नेता जहुर आलम, समसाद अली, फत्तेआलम, अबुलैस अन्सारी, खालिद अन्सारी, महबुब अन्सारी, अबुलखैर अन्सारी, डा अन्वर इलाही, अनिल पटेल, लगायत पाँच दलिय वाम गठबन्धनका नेता कार्यक्रर्ताको उल्लेखनीय सहभागिता रहेको युवा नेता इजराइल अन्सारीले बताए ।

Leave A Reply

Your email address will not be published.