हिन्द महासागरमा चीनको विस्तारवादी एजेन्डा : म्यानमार र श्रीलंकामा चिनियाँ जासुसी राडार स्टेशनको खतरा
एजेन्सी । विश्वका विभिन्न देशमा आर्थिक औपनिवेशवाद लादिरहेको चीनले हिन्द महासागरमा पनि विस्तारवादी नीति लिएको छ । जसको स्वरुपले चीनले आर्थिक तथा राजनीतिक संकट भएका म्यानमार र श्रीलंकालाई उपयोग गरेर समुद्री खनिज पत्ता लगाउन जासुसी गर्ने राडार स्टेशनहरु निर्माणको योजना अघि बढाएको छ । यसले सुरक्षा खतरा बढाउने चिन्ता ती देशहरुले गरेका छैनन् । त्यतिमात्रै होइन हिन्द महासागरमा चिनियाँ कब्जा हुँदा यसले एसियामा द्वन्द्व सिर्जना गर्नेछ ।