कलैय : गढीमाई मन्दिरमा ब्रहमलुट भिआईपी पुजाको नाममा पाँच सय रुपैयाँको रसिद काटिन भनेपछी विवाद सार्वजनिक भएको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर -१ बरियारपुरमा रहेको पञ्चवर्षीय गढीमाई मेला पश्चत दर्शनार्थीहरुसंग भिआईपी पुजाको नाममा पाँच सय रुपैयाँको रसिद काटिन भनेपछि आइतबार एक भिडियोमा विवाद सार्वजनिक भएको हो ।
मन्दिरको पुजारीले बिना रसिदको मन्दिरमा दर्शन गर्न नदिने भनेपछी उक्त विवाद भएको हो ।
सो मन्दिरमा नगरप्रहरी र पुजारीले दुव्र्यवहार गरेको दर्शनार्थीले बताएका छन् ।
उक्त भिआईपी रसिद मेलाका लागि लगाइएको थियो ।