कलैयाको अधुरो सडकको निर्माण कार्य एक हप्ताभित्र सुचारु नभए आमरण अनसन बस्ने : नगरप्रमुख साह

कलैया ,

कलैया उपमहानगरपालिकाको नगरप्रमुख बिनोद प्रसाद साहले आफु निर्वाचित भएपछि कलैयाको अधुरो सडक निर्माण गराउने जनतासँग बाचा गरेको भन्दै उक्त सडक एक हप्ता भित्र सुचारु नभए आमरण अनसन बस्ने बताएका छन्।

 नगरप्रमुख साहले बिहिबार आफ्नो कार्यकक्षमै पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका छन्। मानवत-मटिअर्वा सडकखण्ड अन्तर्गत अधुरो रहेको तिन किलोमिटर सडक स्थानिय सरकारको मातहतमा नरहेको बताउदै केन्द्र सरकारबाट ठेक्का लिएको ठेकेदारले काम नगरेको आरोप लगाएका छन्। ठेक्का लिएको सप्तकोशी जलाधार जेभीले बारम्बार समय दिएर पनि सुचारु नगरेको आरोप नगरप्रमुख साहले लगाएका छन्।

कलैया उपमहानगरपालिका नगरप्रमुखमा आफु नेकपा एमाले पार्टीबाट निर्वाचित भएको बताउदै यहाँबाट प्रदेश सभामा सदस्यमा नेकपामा एमाले पार्टी, प्रतिनिधि सभा सदस्यमा नेकपामा एमाले पार्टी निर्वाचित भई नेपाल सरकारको नेतृत्व समेत नेकपा एमाले पार्टीले गरीरहेको समयमा पनि अधुरो सडक निर्माण गराउन नसके आफु राजनीतिबाट नै सन्यास लिने बताउदै एक हप्तापछि आफु एकलै वा वडा अध्यक्ष सहित मात्र आमरण अनसन बस्ने बताएका छन्।

उक्त आमरण अनसनमा जनताको सहभागिता नगराउने भएकोले आफु काठमाडौँ गई आफ्नो पार्टी पंक्तिलाई जानकारी गराउनुको साथै मन्त्रालय र प्रधानमन्त्रीलाई जानकारी गराएपछि मात्र आमरण अनशन बस्ने बताएका छन्।

साथै उक्त पत्रकार सम्मेलनमा नै आफु कलैया उपमहानगरपालिकाको नगरप्रमुख भएकोले नराम्रो कामको बिषयमा आफुलाई जानकारी गराउन सबैमा आग्रह गरेका छन्। राम्रो कामको प्रशंसा नगरेपनि नराम्रो कामको जानकारी गराउदा आफुलाई सुधार गर्न मौका पाउनेमा विश्वस्त रहने बताएका छन्।

नेपाल भरीमा समाजिक बिकास तर्फ कलैया उपमहानगरपालिका उत्कृष्ट भएकोमा केहिले समाजिक सञ्जालमा रु पाँच लाख दिएर उत्कृष्ट भएको उल्लेख गरेको तर्फ ध्यानाकर्षण हुँदै नगरप्रमुख साहले बिकास तर्फ कलैया उपमहानगरपालिकालाई उत्कृष्ट बनाउन लगाउने ब्यक्तिलाई रु ५० लाख आफ्नो व्यक्तिगतबाट उपलब्ध गराउने प्रतिबद्धता समेत गरेका छन्।

Comments (0)
Add Comment