उपेन्द्र पासवान
कलैया,२२ चैत्र
राजतन्त्र प्रजातन्त्र लोकतान्त्रिक गणतन्त्र लगाएत विभिन्न सता र तन्त्र फेरिए पनि हाल सम्म पासवान समुदाय वा दलित समुदायको अवस्था फेरिएको छैन । साथै दलितको नाममा दलित अगुवा नेता कार्यकर्ताको अवस्था र ब्यवस्था परिवर्तन भएको देखिन्छ।
बाराको कलैया स्थित उधोग बाणिज्य संघको सभा हलमा आज एक कार्यक्रम गरि पासवान समुदायलाई संगठित गर्न र पासवान समाजको उन्ति प्रगती र शिक्षाको विषयमा छलफल कार्यक्रम सम्पन भएको छ।
नेपाल पासवान कल्याण समाज बाराको अध्यक्ष राजदेव पासवानको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य राधेशयाम पासवान रहेका थिए।।
बिशिस्ट अतिथि पुर्ब मन्त्री कलवती पासवान शिवदयाल पासवान रामशरन पासवन गनेश पासवान बारा क्षेत्र न १ क्षेत्रीय अध्यक्ष गजेन्द्र पासवान बारा क्षेत्र न २ को अध्यक्ष मन्सी पासवान बारा क्षेत्र ३ को दिनेश पासवान बारा क्षेत्र न ४ को अध्यक्ष इन्दल पासवान लगाएतको विशेष उपस्थिति रहेको थिए।
पासवान समाज लाई अगाडि बढाउन बिभिन्न पार्टीमा आबद्ध पासवानहरु लाई समयमा एक ठाउँमा एउटा संगठन बनाई एक ढिका हुन जरुरी रहेको प्रमुख अतिथिले जोड दिनु भएका थिए।
बाराको प्रत्येक पालिकामा पासवान कल्याण समाज गठन गरि छिटो भन्दा छिटो जिल्ला अधिबेशन गर्ने निर्णय समेत भएको थिए।