काठमाडौं : बिहीबार मध्यरातदेखि गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ९४ प्यालेस्टिनीको मृत्यु भएको छ। यी मध्ये धेरैजसो मानिस गाजाको दक्षिणमा रहेको शहर खान युनिसमा मरेका हुन्।
हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमूद बसलले बीबीसीलाई बताएअनुसार बिहान २ बजे (स्थानीय गाजा समय)देखि उद्धार टोलीले खान युनिसबाट ५६, उत्तरी गाजाको बेत लाहियाबाट चार र मध्य गाजाको देइर अल–बलाहबाट दुई जनाको शव निकालेको छ।
यी हवाई आक्रमणमा मारिनेमा महिला, बालबालिका र एक नवजात शिशु छन्। प्रवक्ता महमूद बसलले आक्रमणमा खान युनिसका एक परिवारका १३ सदस्यको पनि मृत्यु भएको बताए।