मधेश प्रदेशका सांसद सिंहका स्वकीय सचिव अख्तियारको नियन्त्रणमा

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सांसद सिंहसमेतले विभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाएर खातामा दाखिला भएको रकम निजी सचिव कायस्थमार्फत् झिकी आफ्नो र श्रीमतीको खातामा जम्मा गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा  अनुसन्धानका लागि कायस्थलाई नियन्त्रणमा लिएको हो।

अनुसन्धान सकिएपछि मात्रै उनीविरुद्ध मुद्दा चलाउने /नचलाउने अख्तियारले निर्णय गर्नेछ।

Comments (0)
Add Comment