आमाका नामबाट मात्र पनि नागरिकता प्रदान गर्न सकिनेगरी कानुनी व्यवस्था गर्न सरकारले ल्याएको उक्त विधेयक जेठ २८ गते समितिबाट सर्वसम्मतिले पारित भएको थियो। विधेयकमा आमा वा बाबुका नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको छ।
प्रतिनिधिसभाबाट पारित भएपछि सो विधेयकको प्रतिवेदनलाई राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाबाट पारित भएपछि सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन्। राष्ट्रपतिले प्रमाणकीकरण गरेसँगै विधेयक ऐनका रुपमा कार्यान्वयनमा जानेछ।