श्रमजिवी बहुउदेशिय सहकारी संस्था लि. द्वारा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण 

बारा, १३ असाढ

कलैया उपमहानगरपालिकाको सहयोग तथा श्रमजीवी बहुउद्देश्यीय सहकारी संस्था लि. वडा नं. १८ मोतिसरको आयोजनामा उन्नत बीउ वितरण प्रोत्साहन कार्यक्रम अन्तर्गत ५०% अनुदानमा संस्थाको सदस्य तथा वडाबासीहरु लाई कृषि सामग्री वितरण भएको छ ।

कलैया उपमहानगरपालिकाको नगर उप-प्रमुख रौशन प्रविणको प्रमुख आतिथ्यमा कृषि सामग्री वितरण कार्यक्रम सम्पन भएको छ।

कृषि सामग्री वितरण कार्यक्रममा २७ जनालाई स्प्रे टंकी, ५ जनालाई त्रिपाल, १ जनालाई ढक तराजु तथा ४ जनालाई पाईप गरी जम्मा ३७ जनालाई वितरण भएको थियो।

स्थानीय सरकार जनताको नजिकको सरकार भएको जनतालाई अनुभूति दिलाउँदै नगरका जनताको आर्थिकस्तरमा सुधार ल्याउन उपमहानगरपालिकाले कृषिमा लगानी गरेको कलैया उपमहानगरपालिका नगर उप-प्रमुख रौशन प्रविणले बताउनुभयो ।

सो कार्यक्रममा कलैया उपमहानगरपालिका कृषि विकास शाखाका शाखा अधिकृत कुन्दन यादव, सहायक राहुल राय, संस्थाको सदस्य लगायत वडाबासीहरुको सहभागिता रहेको थियो।

Comments (0)
Add Comment