काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ। प्रतिनिधि सभाको बैठक सुरू हुनासाथ रास्वपा र राप्रपाले उठेर विरोध जनाएका हुन्। त्यसपश्चात रास्वपा सांसद् गणेश पराजुली र राप्रपा सासंद रोशन कार्कीले आफ्ना कुरा राखेर संसद बैठक बहिस्कार गरेका छन्।
पराजुलीले मानव तस्करीको विषयमा अनुसन्धान नै गर्न नपाउने गरी ९ बुँदै कार्यादेश बनाएर बाँदरको पुच्छर लौरो न हतियार जस्तो बनाउने काम गरेको दाबी गरे। उनले आफ्नो कर्मचारी राखेर समिति बनाउँदै गर्दा यो मानव तस्करीमा जोडिएको जालो बचाउने कि आफूलाई अनुसन्धानको घेराबाट बचाउन गरिएको हो गृहमन्त्रीज्यू ? भन्दै प्रश्न गरे।‘गृहमन्त्रीलाई मेरो प्रश्न छ, जेठ ७ गते अख्तियारले कारबाही गर्दा अध्यागमन प्रमुखलाई बचाउने र अनुसन्धान गर्ने डीआईजीको सरुवा गर्ने तपाईँले गरेको व्यवहार गर्ने शंको घरेभित्र आउँदैन ? तपाईँकै सचिवालय भित्रको सदस्य यो अपराध कर्ममा जोडिँदै गरेको तथ्य बाहिर आउँदै गर्दा यो घटनामा राजनीतिक संरक्षण छ भनेर शंका गर्न सकिँदैन ?’ उनले प्रश्न गरे।
आकस्मिक समयमा सांसदले बोलुञ्जेल रोष्टम घेराउ गरेर नाराबाजी गरेको रास्वपालाई सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले संसद्मा बोल्न खोजेको भन्दै अवरोध नगर्न आग्रह गरे लगत्तै रास्वपाले बैठक स्थल छोडेको हो।