रासायनिक कारखानामा विस्फोट, हैदराबादमा १० जनाको मृत्यु

हैदराबादको पटानचेरुवु क्षेत्रमा  एक रासानिक कारखानामा विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। प्रारम्भिक जानकारी अनुसार विस्फोटमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्।  विस्फोटबाट कारखानाको केही भागमा पूर्ण क्षति पुगेको छ। सिगाची केमिकल कारखानामा विस्फोट भएको हो। विस्फोटपछि आगलागी भएको थियो। विस्फोटमा २०  भन्दा बढी कामदार गम्भीर घाइते भएका छन्। केही कामदार भग्नावेशमुनि फसेको आशंका गरिएको छ।भग्नावेशमुनि फसेकाहरूको उद्दार भइरहेको प्रहरीले जनाएको छ।

Comments (0)
Add Comment