बिधालय कर्मचारीलाई शिक्षा सह सँयोजकको जिम्मेवारी दिँदा लगातार एसईई नतिजा खस्किदै

बाराको पचरौता नगरपालिकामा दोस्रो कार्यकालको लागि नगरप्रमुखमा जलन्धर सिंह जैसवार निवार्चित भएको झण्डै तिन बर्ष पुगेको छ। नगरप्रमुख जैसवार निर्वाचित भएसँगै  श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पचरौता -७ बेनौलीमा कार्यरत् बिधालय कर्मचारी मुकेश कुमार सिंहलाई शिक्षा सह-सँयोजकको जिम्मेवारी दिएका छन्। बिधालय कर्मचारी सिंह नगरप्रमुख जैसवारको नातामा पर्ने भाई रहेका छन्।
बिधालय कर्मचारीलाई शिक्षा सह-सँयोजक जिम्मेवारी दिँदा पचरौता नगरपालिकाको २०८१ सालको एसईई परीक्षाको नतिजा खस्किएको थियो। २०७१ सालको एसईईको नतिजामा सुधार गर्न नगरप्रमुख जैसवारले आफ्नौ नेतृत्वमा केहि माध्यामिक विद्यालयका प्रधानाध्यापक सहित आफ्नो आसेपासेलाई र केहि पत्रकारहरुलाई समेत लिई शैक्षिक भ्रमणको लागि बिना कुनै योजनाको दिल्ली र चण्डीगढ लिएर गरेका थिए। उक्त टोलिमा यस दैनिकको प्रकाशक अनिल पाण्डेय समेत रहेका थिए।
उक्त शैक्षिक भ्रमणको कुनै योजना समेत नरहेकोले शैक्षिक भ्रमण भन्दा बढि भ्रमणमा समेत सिमित रहेको थियो। भने नगरप्रमुख जैसवारको टोलि सँस्थागत बिधालयको दुई बिधालयमा मात्र भ्रमण गरी सामुदायिक बिधालय सुधार गर्न खोजि चालु आर्थिक २०८१/०८२ को पालिकाको अधिकांश बजेट शिक्षामा लगानी गरेको दाबी गर्दै धमाधम नगरशिक्षक भर्ना गरेका छन्।
पालिका अधिकाशं बजेट शिक्षामा र बिधालय कर्मचारी समेत रहेका शिक्षा सह-सँयोजक सिंहको नेतृत्वमा आफ्नो कार्यकर्ता भर्ना गरीएको नगरशिक्षकले गर्दा २०८१ को एसईई परीक्षामा पालिकाको साधारण तर्फ १९.५७ प्रतिशत र प्राविधिक तर्फ १८.१८ प्रतिशत नतिजा प्राप्त गरेको छ।
पचरौता नगरपालिकामा ४ वटा माध्यमिक विद्यालय रहेकोमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपरपाती पचरौताबाट साधारण तर्फ १०१ जना बिधार्थीहरुले एसईई परीक्षामा परीक्षा दिएकोमा २९ जना र प्राविधिक तर्फ ४४ जना बिधार्थीहरुले एसईइ परीक्षा दिएमा जम्मा ८ जना उतिर्ण भएका छन्। त्यस्तै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेनौलीबाट साधारण तर्फ ३५ जनाले एसईई परीक्षा दिएमा ६ जना र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेल्दारीबाट साधारण तर्फ ३६ जनाले एसईई परीक्षा दिएमा २ जना उतिर्ण भएका छन्। भने श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कुडवाबाट १७ जनाले एसईई परीक्षा दिएकोमा ० बिधार्थी उतिर्ण भएका छन्।
यस दैनिकका पाण्डेयले नगरप्रमुख जैसवारको शैक्षिक भ्रमणमा देखेका र भोगेका कुराको बिरोध गर्दा शिक्षा सह-सँयोजक सिंहको नेतृत्वमा पाण्डेयले भ्रमण खाएको खाना र झुठो आरोप लगाई समाजिक सञ्चालमा बदनाम गराउनु साथै केहि सञ्चारमाध्यमबाट पचरौता नगरपालिकाको शिक्षामा बिकासको मुल फुटाएको दाबी गरीएको थियो। तर हाल २०८१ को एसईईको नतिजा प्रकाशन भएसँगै समाजिक सञ्जालमा पचरौता नगरपालिकाको वाह वाही गर्ने आसेपासे कार्यकर्ता सहित उक्त सञ्चार माध्यमहरु चुपि साधेका छन्। साभार: शुभ आरम्भ राष्ट्रिय दैनिक
Comments (0)
Add Comment