रौनकको शतकसँगै नेपालले भुटानलाई दियो ३५९ रनको लक्ष्य

नेपालका लागि रौनक श्रीवास्तवले सर्वाधिक १६८ रनको  पारी खेले। उनले १३२ बलमा १६ चौका र पाँच छक्का प्रहार गरे। रौनक अन्तिम ओभरको चौथो बलमा क्याच आउट भए। जोए थापा ६१ रनमा अविजित रहे। उनले ६८ बलमा ७ चौका प्रहार गरे। सचिन भट्ट ८ रनमा अविजित रहे।

नेपालका ओपनरद्वय परिमार्जन यादव र प्रसिद्ध जैसी दोहोरो अंकको रन बनाउन नसक्दै पेवेलियन फर्किदा तेस्रो क्रमका ब्याटर श्रीवान्स बजगाईले ५४ रनको अर्धशतकीय पारी खेल्दै रनआउट भए। सुगम बुढाथोकीले ३५ रन बनाउँदै क्याचआउट भए। भुटानका लागि बलिङतर्फ साङ्गे दोर्जीले सर्वाधिक ३ विकेट लिए तेन्जिङ जम्सोले १ विकेट लिए। नेपालले यसअघि समूह चरणको तीन खेल जितिसकेको छ। समूह ए को शीर्षस्थानमा रहेको नेपाल अविजित रहँदै सेमीफाइनल प्रवेश गर्न चाहन्छ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट दोस्रो खेलमा जापानविरुद्ध ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनले हराएको थियो।प्रतियोगिताको फाइनल खेल जुलाइ ५ मा हुनेछ।

Comments (0)
Add Comment