जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

भक्तपुर : जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ परेका छन्। २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सिन्धुलीको दूधौली नगरपालिका-१२ घर भई काठमाडौंको नक्साल बस्ने २४ वर्षीय तिलक घिसिङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो।

तिलकले ती महिलालाई चाँगुनारायण नगरपालिका-७ बागेश्वरीमा असार ४ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Comments (0)
Add Comment