एभरेष्ट बैंकले आफ्नो १३३ औं शाखा महोत्तरीको बर्दिबास नगरपालिका वडा नं १ मा विस्तार गरेको छ। यससँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ।
बैंकले अत्याधुनिक, सरल र सहज बैंकिङ सेवा प्रदान गर्ने जानकारी दिएको छ। शाखा विस्तारसँगै बर्दिबास क्षेत्रको आर्थिक गतिविधिमा वृद्धि हुने र समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
पञ्जाब नेसनल बैंक (भारत) सँगको संयुक्त साझेदारीमा सञ्चालित एभरेष्ट बैंकले हाल १४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। देशभर बैंकका १३३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६८ एटीएम रहेका छन्।