देश विकास होइन, भ्रष्टाचार बढाउन ऋण लिइन्छ : सांसद सिंह”

काठमाडौँ  असार २२:  प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताएका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसद सिंहले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको बताएका हुन् ।

भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगर्न पनि सांसद सिंहको आग्रह छ । ‘विदेशीको ऋण लिन्छौँ भने त्यसबाट इन्कम हुनुपर्‍यो नि । ऋण भ्रष्टाचार गर्नका लागि मात्रै लिने परिपाटी छ, त्यसमा समितिमार्फत ध्यानाकर्षण गराउँछु । जहाँ धेरै जनता छन् त्यही संरचना निर्माण गर्नुपर्छ । आम्दानी नहुने ठाउँमा लगानी नगरौँ,’ उनले भने ।

जनसंख्याका आधारमा भौतिक पूर्वाधारको निर्माण गर्न आवश्यक रहेको सांसद सिंहले भने । ‘मधेस प्रदेशमा त्यत्रो जनसंख्या छ तर त्यहाँ एयरपोर्ट छैन । भैरहवामा छ, एउटै प्रदेशमा दुई वटा बनेका छन् । तर प्रयोग हुन सकेको छैन । भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको छ । विमानस्थलहरुलाई अलिकति सही ढंगले सदुपयोग हुने बनाउनुपर्छ,’ उनले भने ।

Comments (0)
Add Comment