राजकुमार गुप्ताको राजीनामापछि भगवती न्यौपानेलाई सामान्य प्रशासन मन्त्री नियुक्त

राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छिन्। राजकुमार गुप्ताले घुस डिलको अडियो बाहिरिएर राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी एमालेकै सांसद न्याौपानेलाई दिइएको हो।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम न्यौपानेलाई उक्त मन्त्रालयको कार्यभार तोकेका हुन्।

Comments (0)
Add Comment