सरकारले घटायो उखु खेतीको अनुदान, किसानमा व्यापक असन्तुष्टि

स्रोतको चाप देखाउँदै सरकारले उखु किसानलाई दिँदै आएको प्रोत्साहन अनुदान आधा घटाएको छ । असार २३ को मन्त्रिपरिषद् बैठकले अनुदान रकम घटाएर प्रतिक्विन्टल ३५ रुपैयाँ कायम गरेको हो । यसअघि उखु किसानले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान पाउँदै आएका थिए । अनुदान रकम र समर्थन मूल्य थोरै भएकै कारण खेती घटेको जान्दाजान्दै सरकारले अनुदान रकम घटाएको हो ।

Comments (0)
Add Comment