तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्षको अवधीमा नीतिगत तथा संस्थागत सुधारमार्फत कृषकलाई प्रदान गरिने सेवा तथा सहुलियतमा क्रमिक सुधार आएको बताएका छन् ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले एक वर्षभित्र भएका मुख्य उपलब्धिहरू सार्वजनिक गर्दै कृषि उत्पादन वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई मन्त्रालयको मुख्य प्राथमिकता बनाइएको बताए ।
उनले भने, “कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो । यसैले मन्त्रालयको सबै प्रयास कृषकको हित, उत्पादनशीलता वृद्धि र दीगो विकासमा केन्द्रित छ ।”
मुख्य उपलब्धिहरू यस प्रकार छन्
-रासायनिक मल व्यवस्थापनमा सुधार :- मल खरिद तथा वितरणसम्बन्धी नियमावली र कार्यविधिमा संशोधन गरी आपूर्तिमा सहजता ल्याउने प्रयास ।
-संरचनागत सुदृढीकरण :- कृषि सेवातर्फ १२९ नयाँ दरबन्दी थप, बीउबिजन नियमावली २०८१ स्वीकृत ।
-डिजिटल सुधार :- कृषि तथा पशुपन्छी विमा प्रणाली डिजिटल बनाइयो, बीउबिजनसम्बन्धी दर्ता, प्रमाणीकरण प्रक्रिया अनलाइनमार्फत ।
-अवरोधित उपकरण र कार्यक्रम सञ्चालनमा ल्याइयो :- थन्किएर बसेका खाद्य गुणस्तर परीक्षण मोबाइल भ्यान ४ वटा पुनः सञ्चालन ।
-नयाँ कानुनी संरचना :- कृषि विधेयक र राष्ट्रिय कृषि नीति अन्तिम तयारीमा, पशु कल्याण ऐन तयार ।
-पशुपन्छी रोग नियन्त्रण :- इलाममा खोरेत रोगमुक्त क्षेत्र घोषणा प्रारम्भ, पाँचवटा ल्याबमा LIMS प्रणाली सुरु ।
-रैथाने बाली प्रवर्द्धन :- ‘राष्ट्रिय कोदो दिवस’ र ‘याक दिवस’ मनाउन सुरु ।
-कृषक सम्मान र प्रेरणा :- ७ प्रदेशका १४ जना किसानलाई ‘राष्ट्रिय उत्कृष्ट किसान पुरस्कार’ वितरण ।
-नयाँ कार्यक्रम :- बाँदरलगायत वन्यजन्तु नियन्त्रण, सेक्सड सिमेन प्रविधि, प्राङ्गारिक कृषि प्रवर्द्धन, निर्यातमुखी उत्पादन प्रवर्द्धन ।
मन्त्री अधिकारीले कृषि अनुसन्धान परिषद्, चिया तथा कफी बोर्ड, पशु सेवा परिषद्का नेतृत्वमा योग्य व्यक्तिहरू नियुक्त गरिएको जानकारी पनि दिए ।
“हाम्रो प्रयासले कृषि प्रणालीलाई आधुनिक, व्यवसायिक र निर्यातमुखी बनाउँदै लैजान मद्दत गर्ने विश्वास लिएको छु।” मन्त्री अधिकारीले भने,