३७ हजारभन्दा बढी उजुरी, ६ अर्बको बिगो माग गर्दै अख्तियारले १३७ मुद्दा दायर

काठमाडौँ, साउन १० :आ.२०८१/० आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३७ हजारभन्दा बढी उजुरी परेको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका उजुरीसमेत समेट्दा आयोगलाई अध्ययन र अनुसन्धान गर्नुपर्ने उजुरीको संख्या ठूलो भएको छ ।

आयोगका अनुसार उजुरीमध्ये सबैभन्दा धेरै, ५३.८४ प्रतिशत, स्थानीय तह अर्थात् पालिकासँग सम्बन्धित छन् । सङ्घीय सरकारविरुद्ध ३३.६९ प्रतिशत र प्रदेश सरकारविरुद्ध १२.४७ प्रतिशत उजुरी परेको छ ।

आयोगले आर्थिक वर्ष २०८०/८१ मा १३७ वटा भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको छ । ती मुद्दामा करिब ६ अर्ब रुपैयाँबराबरको बिगो माग दाबी गरिएको छ ।

सबैभन्दा धेरै उजुरी आयोगको वेबसाइटमार्फत दर्ता भएका छन् । त्यस्तै लिखित निवेदन, इमेल, हुलाक सेवा, मोबाइल एप, भाइबर, समाचार र ‘हेलो सरकार’जस्ता माध्यमबाट पनि उजुरी दर्ता भएका छन् । आयोगले तीमध्ये ८० प्रतिशतभन्दा बढी उजुरीमाथि अनुसन्धान गरी फछ्र्यौट गरिसकेको जनाएको छ ।

Comments (0)
Add Comment