एनआरएनए मलेसियाको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा राकेश प्रसाद महतो निर्वाचित

क्वालालम्पुर, मलेसिया  साउन १२: गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको राष्ट्रिय समन्वय परिषद् अन्तर्गत नवौं अधिवेशन आइतबार सम्पन्न भएको छ। आगामी कार्यकाल २०२५–२०२७ का लागि नयाँ नेतृत्व चयन गर्दै अधिवेशन राजधानी क्वालालम्पुरमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष राकेश प्रसाद महतोले गरेका थिए भने प्रमुख अतिथि हरि भट्टराई र विशेष अतिथि शंकर बहादुर पौडेलको उपस्थिति रहेको थियो। अधिवेशनमा जोहोर र मलाका क्षेत्रीय समितिलाई विशेष सम्मानसमेत गरिएको छ।

नयाँ कार्यसमिति यस्तो छ:

अध्यक्ष: राकेश प्रसाद महतो

प्रथम उपाध्यक्ष: राजु तामाङ

उपाध्यक्षहरू: नारायण अधिकारी, विनोद पाण्डे, अनिल कुमार चौधरी

महिला उपाध्यक्ष: लिला मगर

युवा उपाध्यक्ष: सन्तोष पौडेल

महासचिव: विष्णु प्रसाद बराल

सचिवहरू: उमेश कोइरी महतो, रमेश पौडेल

कोषाध्यक्ष: खेमराज खत्री

सह–कोषाध्यक्ष: सुरेश कुमार देवकोटा

युवा संयोजक: राजन हायु राई

महिला संयोजक: शोभा कुमारी खड्का

सदस्यहरू:

हरिबहादुर बस्नेत, कैलाश बिष्ट, रूपेश बी.के, बाबुराम थापा मगर, टिपेन्द्र बुडा मगर, इन्द्र प्रकाश भण्डारी, छेवाङ लामा, चित्रबहादुर थापा, दीपक प्रसाद यादव

सांस्कृतिक झलक पनि

अधिवेशनको अवसरमा राष्ट्रिय कलाकार राजन सिवाकोटी सहितका स्थानीय कलाकारहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिएर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

विवाद र धारणा

संस्थाभित्र देखिएको विवादबारे प्रमुख अतिथि हरि भट्टराईले केही व्यक्तिहरूले विधान विपरीत क्रियाकलाप गरेको आरोप लगाए। उनले हालको नेतृत्वले भने विधानअनुसार अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। “संस्था वैधानिक मार्गमा अगाडि बढ्नुपर्छ,” भट्टराईले भने।

समग्रमा, अधिवेशनले नेतृत्व परिवर्तनसँगै संस्थागत सुधार र एकताको सन्देश दिन खोजेको देखिन्छ।

Comments (0)
Add Comment