काठमाडौं, २१ साउन : कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले बहुबिबाह गर्न पाउने गरी कानुन नबनेको र नबनाइने प्रस्ट पारेका छन् ।प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै कानुन मन्त्री चौरसियाले बहुबिबाह गर्ने कानुन नबनाएको र भोली पनि सो ब्यवस्था राखेर संसदमा बिधेयक नआउने पनि बताएका छन्
‘समाजमा नकारात्मक असर पर्ने बहुविवाह सम्बन्धी व्यवस्था गरिएका विधेयक प्रतिनिधिसभामा सरकारले पेस नगर्ने प्रतिबद्धता जनाउँछु,’ उनले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदैँ भने ।
सभामुख देवराज घिमिरेसँग समय मागेर उनले सरकारको धारणा संसदमा राखेका हुन् । त्यसअघि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतले प्रश्न उठाए पछि कानुन मन्त्रीले जवाफ दिएका हुन् ।