श्री मा अम्बे कृषि सहकारी संस्थाको पाचौं वार्षिक साधारण सभा सम्पन्न

फेटा (बारा) :श्री मा अम्बे कृषि सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष अनुपमा पाण्डेय कि विष्टको अध्यक्षतामा सम्पन्न सभामा फेटा गाउँपालिकाका कृषि, पशुपन्छी तथा सहकारी प्रशिक्षक सन्जय कुश्वाहा प्रमुख अतिथि रहेका थिए।

सभामा बोल्दै प्रमुख अतिथि कुश्वाहाले “सबैका लागि एक र एकका लागि सबै” भन्ने सहकारीको मूल मन्त्रलाई आत्मसात् गर्दै सहकारीले नियम र सिद्धान्तअनुसार सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। उनले कृषि ऋणको सदुपयोग गरी आम्दानी बढाउनुका साथै संस्थालाई समयमै रकम बुझाउनु प्रत्येक ऋणी सदस्यको जिम्मेवारी भएको बताए। सहकारी संस्था बचतकर्ताको पैसा हिनामिना गर्ने होइन, सेवा सुविधा उपलब्ध गराउँदै सदस्यको जीवनस्तर र आर्थिक उन्नति गर्नका लागि हो भन्ने कुरामा पनि उनले जोड दिए।

सभामा सहकारीका उपाध्यक्ष कृष्ण कुमार साहले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन रामभरोस रामले गरेका थिए।

Comments (0)
Add Comment