काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएलगत्तै बालुवाटार छाडेर अज्ञाततर्फ प्रस्थान गरेका छन्। लगातारको आन्दोलन र चौतर्फी दबाबबीच मंगलबार उनले प्रधानमन्त्रीको पदत्याग गरेका हुन्।
गत सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनको पहिलो दिन नै युवा पुस्तामाथि गोली चलाउने आदेशपछि डेढ दर्जनभन्दा बढी युवाको मृत्यु भएको थियो। सो घटनापछि देशभर चर्को आलोचना खेपिरहेका ओलीमाथि व्यापक जनदबाब सिर्जना भएको थियो।
राजीनामापछि उनी तत्कालै सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन्। यद्यपि, उनी हाल कहाँ गएका छन् भन्नेबारे कुनै जानकारी सार्वजनिक भएको छैन।