संसद विघटन निर्णयप्रति आठ राजनीतिक दलको विरोध, तत्काल प्रतिनिधिसभा बैठक बोलाउन माग

काठमाडौं : हालसालै प्रतिनिधिसभा विघटन गरिएको घोषणा विरुद्ध देशका आठ राजनीतिक दलले संयुक्त रुपमा आपत्ति जनाउँदै निर्णय फिर्ता लिन माग गरेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक र नागरिक उन्मुक्ति पार्टीका अध्यक्षले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयबाट आएको विज्ञप्तिलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन्।

उनले संविधानको धारा ७६(७), सर्वोच्च अदालतका नजीर र संवैधानिक परम्परासँग विसङ्गत हुने गरी प्रतिनिधिसभा विघटन गरिएको ठहर गर्दै तत्काल संसद बैठक बोलाउन जोड दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, “नेपाली जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्र र संविधान विपरीत प्रतिनिधिसभा विघटन गरिएको कार्य कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन।”

दलहरूले यस्तो कदमले जनताको मताधिकार, संवैधानिक सर्वोच्चता र कानुनी शासनमाथि प्रहार गरेको आरोप लगाएका छन्। तसर्थ, संसद विघटनको निर्णय फिर्ता लिएर जनप्रतिनिधि संस्थामार्फतै आन्दोलनरत समूहको माग सम्बोधन गर्न माग गरेका छन्।

Comments (0)
Add Comment