पहिलो महिला प्रधानमन्त्रीपछि देशले पायो पहिलो महिला महान्यायाधिवक्ता

काठमाडौं : नेपालको इतिहासमा नयाँ अध्याय थपिएको छ। पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की बनेको केही दिनमै मुलुकले पहिलो पटक महिला महान्यायाधिवक्ता पाएको छ। राष्ट्रपति कार्यालयले आइतबार सबिता भण्डारीलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको घोषणा गरेको हो।

भण्डारीलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त गरिएको हो। उनी यसअघि लामो समयदेखि कानुन व्यवसायमा सक्रिय रहँदै विभिन्न कानुनी संस्था तथा मानवअधिकार क्षेत्रसँग पनि संलग्न हुँदै आएकी थिइन्।

महान्यायाधिवक्ताको पदमा पहिलो पटक महिला पुग्नु मुलुकको कानुनी इतिहासकै महत्वपूर्ण उपलब्धि मानिएको छ। नियुक्तिपछि भण्डारीले भनेकी छन्, “कानुनको शासन सुनिश्चित गर्दै न्याय प्रणालीमा जनविश्वास बढाउनु नै मेरो पहिलो दायित्व हुनेछ।”

राजनीतिक वृत्तदेखि कानुनी क्षेत्रसम्म भण्डारीको नियुक्तिलाई स्वागत गरिएको छ। विशेषगरी महिला नेतृत्वको सशक्तिकरणतर्फ यो कदम ऐतिहासिक मानिएको छ।

Comments (0)
Add Comment