काठमाडौं :सरकारले असोज १ गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
मन्त्री अर्यालका अनुसार सो दिन देशभरका सरकारी तथा सार्वजनिक निकायहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ। उनले भने, “मन्त्रिपरिषद्ले असोज १ गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ, साथै सार्वजनिक बिदा पनि दिइनेछ।”
सरकारले विशेष परिस्थितिका कारण शोक दिवस घोषणा गरेको जनाइएको छ।