जेनजी आन्दोलनपछि प्रहरीमा व्यापक सरुवा, ४८ जना एसपीको जिम्मेवारी फेरबदल

काठमाडौं : जेनजी आन्दोलन सेलाउन नपाउँदै सरकारले प्रहरी संगठनमा व्यापक सरुवा गरेको छ। बुधबार सार्वजनिक गरिएको सूचीनुसार देशभरका ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको हो।

सरुवासँगै धेरै जिल्लामा प्रहरी इन्चार्जको नेतृत्व परिवर्तन भएको छ। लामो समयदेखि इन्चार्जविहीन बनेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत एसपी अंगुर जिसीलाई बाँके पठाइएको छ।

यसैगरी, मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेबे, सप्तरीमा गौतमकुमार केसी, दाङमा दीपेन्द्र श्रेष्ठ र पाल्पामा दीपेन्द्र पंजियार थारु सरुवा भएका छन्।

नवीन कार्कीलाई जिल्ला प्रहरी कार्यालय कास्की, नरेन्द्र चन्दलाई कैलाली, महेन्द्र नेपाललाई डोटी, युवराज खड्कालाई पूर्वी नवलपरासी, सन्तोष आचार्यलाई कपिलवस्तु, सुदीपराज पाठकलाई पर्सा, सूर्यबहादुर खड्कालाई भक्तपुर र सुवासचन्द्र बोहरालाई मकवानपुर पठाइएको छ।

यस्तै, अन्य विभिन्न कार्यालय अन्तर्गतका एसपीहरूलाई समेत सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

Comments (0)
Add Comment