काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपाको बदनाम गरेको आरोप लगाएको छ ।
प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारबाही गर्न माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– ‘यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।’