काठमाडौं, १० असोज :नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका पदहरूमा नयाँ भर्ना खुला गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत तथा प्रशासन विभागले शुक्रबार एक सूचना जारी गर्दै प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा आवेदन खुला गरेको जानकारी दिएको हो।
प्रकाशित सूचनाअनुसार, इच्छुक नेपाली नागरिकहरूले तोकिएको योग्यता र मापदण्ड पूरा गरी नियत समयमा आवेदन दिन सक्नेछन्। प्रहरी जवान पदका लागि शारीरिक मापदण्ड, न्यूनतम शैक्षिक योग्यता र उमेर सीमा पूरा गर्नुपर्नेछ भने कार्यालय सहयोगीका लागि आधारभूत शैक्षिक योग्यता तथा अन्य विवरण तोकिएको छ।
आवेदन दिने अन्तिम मिति र सम्पूर्ण विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइट तथा प्रहरी प्रधान कार्यालयमा प्रकाशित विज्ञापनमा हेर्न सकिने जनाइएको छ।
नेपाल प्रहरीले नयाँ जनशक्ति भर्ना गरी सुरक्षा सेवा अझ प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ यो विज्ञापन प्रकाशित गरेको जनाएको छ।