बारामा टिकटक बनाउने क्रममा बेपत्ता भएका गोसाईको ६ दिनपछि शव फेला

कलैया । बाराको प्रसौनी गाउँपालिका -२ स्थित दुधौरा खोलामा टिकटक बनाउने क्रममा बेपत्ता भएका २१ वर्षीय बिकि गोसाईकोे आज ६ दिनपछी शव फेला परेको छ।

बेपत्ता भएका गोसाईका बुवा शम्भु गोसाईले इलाका प्रहरी कार्यालय प्रसौनिमा जानकरी गराएका थिए। सो पश्चात प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको टोलिले बारा जिल्लाको फेटा गाउँपालिका– १ त्रिवेणी खोलाको पुलबाट अन्दाजी १०० मिटर दक्षिण ३ फिट मुनी खोलाको बिच भागमा बालुवाले छोपेको अवस्थामा गोसाईको शव फेला पारेको हो।

खुट्टा र कपडा देखिरहेको आधी भाग बालुवा रहेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। उनका अनुसार अनुसन्धान तथा मुचुल्काको कार्य सम्पन्न गरी पोस्टमाटमको लागी प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ।

असोज १९ गते दुधौरा खोलाको पुलबाट टिकटक बनाउन हाम फालेका बिक्की गोसाई र २० वर्षीय अनुराग केसरवानीमध्ये अनुराग आफैं पौडी खेलेर बाहिर निस्किए भने बिक्की गोसाई बेपत्ता भएका थिए।

Comments (0)
Add Comment