काठमाडौँ-दिनप्रतिदिन तापक्रम घट्दो र चिसो बढ्दो छ। यसै क्रममा आज (शनिबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियसमा झरेको हो।
यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे सार्वजनिक हुन्छ। त्यतिबेला अहिलेको भन्दा तापक्रम थौरै घट्न पनि सक्छ अथवा यत्ति नै रहन पनि सक्छ। हिजो शुक्रबार उपत्यकाको न्यूनतम १५.६ डिग्री सेल्सियस थियो भने बिहीबार १७.४ डिग्री सेल्सियस थियो।