भारत–नेपाल सीमामा नेपाली नागरिकलाई सास्ती, बारा पचरौतामा भूमि विवाद तीव्र

सिकिन्द्र साह,

बारा, १५ कार्तिक
बारा जिल्लाको पचरौता नगरपालिका–४ गुलरिया नजिक नेपाल–भारत सीमाको दस गजामा बसोबास गर्दै आएका नेपाली नागरिक वाल्मीकि प्रसाद यादवले भारतीय पक्षबाट निरन्तर सास्ती भोग्नुपरेको गुनासो गरेका छन्।

उनका अनुसार, तीन पुस्तादेखि जोतभोग गर्दै आएको जग्गा भारतको ग्राम जोलगाव निवासी ललितेश्वर यादव, ग्राम बडेला निवासी हरिशंकर यादव, मङ्नी राय यादव, चन्दन कुमार, रामप्रवेश यादव र शम्भु यादवलगायतले कब्जा गर्ने प्रयास गर्दै आएका छन्। करिब दुई वर्षदेखि सो समूहले जग्गामा बलजफ्ती प्रवेश गर्न खोज्दै आएको र आफूहरूले प्रतिरोध गर्दा “ज्यान मार्ने धम्की” समेत दिएको यादवको आरोप छ।

वाल्मीकि प्रसाद यादवका बुवा राजदेव प्रसाद यादवले भने, “हामीकहाँ जोतभोगको पुरानो प्रमाण छ। भारत र नेपालको सम्बन्धित प्रशासनले समेत हाम्रो पक्षलाई स्वीकृति दिएको छ। तर बीचबीचमा भारतीय भूमाफियाको समूहले फेरि कब्जा गर्न खोजिरहेको छ,” बताएका छन्।

पीडित पक्षले यसअघि नै पचरौता नगरपालिकाको बेल्दारी प्रहरी चौकी र सशस्त्र प्रहरी चौकीमा पटक–पटक लिखित उजुरी दिए पनि हालसम्म ठोस कारबाही नभएको र केवल आश्वासन पाएको गुनासो छ।

यादवले सरोकारवाला निकायहरूलाई अपिल गर्दै भनेका छन्, “हाम्रो अधिकार र पुर्खौली सम्पत्तिमा कब्जा गर्ने प्रयास रोकिनुपर्छ, हामीलाई न्याय मिलोस्।”

Comments (0)
Add Comment