गमहरिया फाउण्डेशनको आयोजनामा सम्पन्न निःशुल्क आँखा शिविरमा ४१० जनाको आँखा स्वास्थ्य परीक्षण गरिएको छ। सो मध्ये मोतियाबिन्दका ७२ जना बिरामीको आज तिलगंगा आँखा अस्पताल, निजगढ शाखामा काठमाडौंबाट आएको विशेषज्ञ चिकित्सक टोलीद्वारा सफल शल्यक्रिया (अप्रेशन) गरिएको छ।
शिविरमार्फत चश्मा, औषधि वितरणदेखि लिएर शल्यक्रिया गरिएका बिरामीलाई बसमार्फत घरसम्म निःशुल्क पुर्याइदिने व्यवस्था गरिएको फाउण्डेशनले जनाएको छ।
उक्त शिविरमा गमहरिया, जोतपुर र इनर्वा गाउँका स्थानीयको उत्साहजनक सहभागिता रहेको फाउण्डेशनका अध्यक्षले जानकारी दिए।
गमहरिया फाउण्डेशनका अनुसार आगामी दिनमा पनि यस्ता सामाजिक स्वास्थ्य सेवा कार्यक्रम निरन्तर सञ्चालन गरिने बताइएको छ।