मसिर ६,कलैय बारा:एटमी क्योकुशिन कराते संघद्वारा आयोजित तथा सखी : महिलाको साथी संस्था, फेटा गाउँपालिका–१ भलुही भर्वलियाको सहकार्यमा राष्ट्रिय च्याम्पियनसिप–२०२५ फेटा गाउँपालिकामा विविध प्रतिष्ठित व्यक्तित्वहरूको भव्य उपस्थिति सहित सम्पन्न भएको छ। नोभेम्बर २२, २०२५ मा सम्पन्न प्रतियोगिताको सभापतित्व एटमी क्योकुशिन करातेका चिफ प्रदीप थापाले गर्नुभएको थियो।
प्रतियोगितामा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो। विशिष्ट अतिथि समाजसेवी तथा फेटा गाउँपालिका अध्यक्ष पदका उमेदवार उमेश दुबेले करातेजस्ता खेलकुदले युवामा ऊर्जा, अनुशासन, आत्मविश्वास र सकारात्मक सोच विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै कार्यक्रमको प्रशंसा गरे। यस्ता गतिविधिले स्थानीय प्रतिभा पहिचान, खेलक्षेत्रमा अवसर विस्तार तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गरिएको थियो।
संगठकहरूले आगामी दिनमा अझ व्यवस्थित, प्रभावकारी तथा व्यापक रूपमा प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सखी : महिलाको साथी संस्थाकी व्यवस्थापक प्रीयाका कुशवाहाले कार्यक्रम सफलतापूर्वक समापन भएको जानकारी गराइन्।स्रोत सखी खबर :महिलाको साथि