युवा नेता दिपेन्द्र पटेल प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस

नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल बाराको जिल्ला अध्यक्ष युवा नेता दिपेन्द्र पटेल प्रत्यक्षतर्फ प्रतिनिधि सभा निर्वाचनका लागि बारा क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन्।

कांग्रेस बारा क्षेत्र नं.४ का क्षेत्रीय समितिको बुधबार प्रसौनीमा बसेको बैठकले पटेलको नाम सिफारिस गर्ने निर्णय गरेको हो । पार्टीको सच्चा सिपाही भई जिल्ला मै एउटा असल ईमान्दार छवि बनाएका युवा नेता पटेलले सामाजिक सेवाका गतिविधि मार्फत जनस्तरमा बलियो प्रभाव जमाउँदै आएका छन्। उनका निरन्तरका सामाजिक योगदान तथा नेतृत्व क्षमताले उनलाई स्थानीय समुदायमा अझै लोकप्रिय बनाएको क्षेत्रीय समितिको मूल्यांकन छ।

। बारा जिल्लामा रहेका चारवटै निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ र ४ को सिफारिस प्रक्रिया सकिएको छ भने बाँकी दुई निर्वाचन क्षेत्रका बैठक केही दिनभित्र बस्ने र उम्मेदवार सिफारिस अन्तिम गर्ने तयारी कांग्रेस बाराले जनाएको छ।

Comments (0)
Add Comment