सुवर्ण गाउँपालिका–४ हर्दियामा छात्रवृत्ति तथा उज्ज्वल भविष्य सहयोग कार्यक्रम सम्पन्न

सुवर्ण गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, हर्दियामा मंगलबार विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि लक्षित छात्रवृत्ति तथा सहयोग कार्यक्रम सम्पन्न भएको छ।

सुवर्ण गाउँपालिका कवहीगोठ कार्यालयको मुख्य सहयोग तथा हेल्पिङ्ग हैण्ड यूथ सोसाइटी, कलैया उपमहानगरपालिका–२६, बाराको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि सुवर्ण गाउँपालिका प्रमुख राजेश प्रसाद यादव रहेका थिए भने विशेष अतिथिका रूपमा शिक्षा शाखा प्रमुख कृष्णकुमारी चौरसिया सहभागी थिए। साथै स्वास्थ्य शाखाका सह–संयोजक, वडा नम्बर १ देखि ८ सम्मका सम्पूर्ण स्वास्थ्य चौकी प्रमुखहरू, वडा अध्यक्षहरू तथा गाउँपालिका अन्तर्गतका सबै विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूलाई शिक्षा प्रति प्रेरित गर्दै छात्रवृत्ति सहयोग प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ। सहभागी अतिथिहरूले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

Comments (0)
Add Comment